Nepali Joke – ठुलो भएर के गर्छौ

September 12th, 2011

शिक्षक: तिमी ठुलो भएर के गर्छौ??
राम: बिहे..
शिक्षक: होइन, मेरो मतलब तिमी ठुलो भएर के बन्छौ??
राम: दुलाहा …
शिक्षक: हरे, मेरो मतलब तिमी ठुलो भएर के हासिल गर्न चाहन्छौ??
राम: दुलही…
शिक्षक: उफ!!!!!! मेरो मतलब तिमी ठुलो भएर आफ्नो बा आमाको लागि के दिन चाहन्छौ???
राम: नाती…

Nepali Joke – समस्या

September 12th, 2011

बिरामी :- डाक्टरसा’प् म बिहान ६ बजे पिसाब फेर्छु अनि ७ बजे दिसा गर्छु
डाक्टर :- अनि समस्या चाहीं के हो त?
बिरामी :- हजूर समस्या चाहीं निन्द्रा बिहान ८ बजे मात्र खुल्छ !!

Nepali Joke – थाहा छैन

September 12th, 2011

कुनै एउटा अफीसमा भर्खरै नयाँ कर्मचारी भर्ना भएछ र पहिलो दिन अफिस गएछ।
दिनभरी काम गरेपछी चियाको लागी छुट्टी भएछ। त्यो नयाँ कर्मचारीले फोन गरेर खाजा अडर गर्दै भनेछ:- ए भाई यहाँ ४ कप चिया र ८ वटा समेसा छिट्टो लिएर आइज।
तर फोन गल्तिले गर्दा त्यही अफिसको एक्सटेनसानमा पुगेछ।
उताबाट:- ओई त को सगँ कुरा गर्दैछस् तलाई थाहा छ?
नयाँ कर्मचारी:- थाहा छैन
उताबाट:- म यो अफिसको M.D. हुँ?
नयाँ कर्मचारी:- तलाई थाहा छ, को सगँ कुरा गर्दैछस्?
उताबाट:- थाहा छैन
नयाँ कर्मचारी:-त्यसो भने ठिकै छ। (त्यती भनेर नयाँ कर्मचारीले फोन राखेछ।)

Nepali Joke – कुरेर बसेको

July 12th, 2011

एउटा मुर्खलाइ एकाबिहानै आफ्नो घरको ढोकामा उभिएको देखेर छिमेकीले सोध्यो,
‘के हेर्दै बसेका छौ ढोकाबाट ?’
मुर्खले जवाफ दियो, ‘ रात भरि बिजुली आएन, अनि कति बेला बिजुली आउला र बत्ति निभाएर सुतम्ला भनेर कुरेर बसेको |’

तारामा उनीलाई – Nepali Joke

June 28th, 2011

एकागाउँमा जुम्ल्याहा दाजुभाइ रहेछन्, चिन्टे र पिन्टे, दुबैजना Tourist Guide रहेछ्न ।

एकरातको कुरा हो चिन्टे र पिन्टे सुतिरहेका रहेछन्। पिन्टेलाइ फिटिक्कै निन्द्रा लागिरहेको रहेनछ उ टोलाई रहेका थियो। चिन्टे पनि ब्युँझिएछ।

चिन्टे : ओइ किन यसरी टोलाएको? के देखिस् र आकाशमा?
पिन्टे: मैले अहिले लाखौं ताराहरुको बिचमा एउटा तारा देखिरहेछु, र त्यो तारामा उनीलाई।”
चिन्टे : अनी टेन्ट चोरी भएको चाँही देखिनस्?